तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ओलिम्पिक्स: ‘महिला भएका कारण तालिबानले मलाई साइकल चलाउन दिँदैन’
अफगानिस्तानकी साइकल खेलाडी मासुमाह अली जादाले शरणार्थी ओलिम्पिक्स टोलीबाट टोक्यो ओलिम्पिक्समा सहभागी हुने आशा गरेकी छन्।
तालिबानबाट खतरा हुन सक्ने र महिला साइकल खेलाडी भएका कारण परेको सामाजिक दबावका कारण सन् २०१६ मा परिवारसहित उनले अफगानिस्तान छाडिन्।
उनी अहिले शरणार्थी रूपमा फ्रान्समा बस्छिन्।
सन् १९९० को दशकमा अफगानिस्तानमा तालिबानको शासन हुँदा बालिकाहरूलाई विद्यालय जान निरुत्साहन गरिन्थ्यो र महिलाहरूलाई काम गर्न दिइन्थेन।
अफगान सरकार र उसका सहयोगीहरूले त्यसयता तालिबानसँग युद्ध गरिरहेका छन्।
पछिल्ला केही महिनाहरूमा सर्वसाधारण र त्यसमा पनि विशेषगरि ख्याति कमाएका महिलाहरू लक्षित तालिबान आक्रमण बढ्दो क्रममा छ।
हेर्नुहोस् एउटा भिडिओ।