तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
धरहरा: प्राधिकरण भन्छ पुरानैको पुनर्निर्माण, सम्पदा संरक्षण अभियानकर्मी भन्छन् नयाँ संरचना
विसं २०७२ को भूकम्पमा ६४ जनाको ज्यान जाने गरी भत्किएको धरहराको स्थानमा निर्मित संरचना तयार भएको छ।
कोरोनाभाइरस महामारी र कतिपय जग्गासम्बन्धी विवादका कारण भएको ढिलाइका कारण दुई पटकसम्म म्याद थप गरी निर्माण गरिएको संरचनालाई प्रधानमन्त्रीले शनिवार उद्घाटन गर्ने बताइएको छ।
तर यो पूर्ण रूपमा तयार हुनका लागि अझै केही महिना कुर्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८२ सालमा पहिलो धरहरा निर्माण गरेको इतिहास छ। १९९० सालको भूकम्पले धरहरा भत्किएपछि जुद्ध शमशेरले त्यसको पुनर्निर्माण गरेका थिए।
तर हाल पुरानो धरहराको भग्नावशेषको छेवैमा बनेको यो संरचना पुरातात्त्विक तथा ऐतिहासिक हिसाबले निर्माण नगरिएको सम्पदा संरक्षण अभियानकर्ताको भनाइ छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।