तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल डढेलोः एकै दिन झन्डै ५०० ठाउँमा, पानी नपरे प्रकोप 'झन् बढ्न सक्ने'
विगत केही दिनयता तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्यतराई तथा केही पहाडी भेगमा डढेलो लागेकोले सतर्क रहन विज्ञहरूले चेतावनी दिएका छन्।
डढेलोका कारण वायु प्रदूषण पनि बढेको छ र त्यसबाट जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने चेतावनी पनि दिइएको छ।
यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागका उपसचिव तथा डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताएका छन्।
सातादिनमा एक पटक पनि पानी नपरे आगामी दुई महिनासम्म आगलागीको जोखिम उत्तिकै हुने भएकोले जङ्गलनजिकै भएका बस्तीहरू थप सचेत बन्नुपर्ने उनले बताए।
नेपालमा सामान्यतया चैत्रदेखि जेठसम्म बढी आगलागी हुने गर्छ।
विभागको अनुगमन प्रणालीका अनुसार शुक्रवार ४७ जिल्लाका झन्डै ५०० स्थानमा डढेलो लागेको थियो।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।