तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मुस्कान खातुन: एसिड आक्रमणबाट बनेको ‘दागले मेरो सपना छेक्न सक्दैन’
झन्डै डेढ वर्षअघि वीरगन्जमा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनशैली अहिले फेरिएको छ।
विद्यालय जाँदै गर्दा एसिड आक्रमणमा घाइते बनेकी मुस्कान हिजोआज पठनपाठनमा मात्र सीमित नभई विभिन्न सामाजिक कार्यक्रममा पनि सहभागी भइरहको बताउँछिन्।
अहिले नौ कक्षामा पढ्ने उनी आफूजस्तै पीडितहरूको मनोबल बढाउन दौडधुप गर्ने मात्र गर्दिनन्अनलाइनबाट तेक्वान्दोको तालिम पनि लिन्छिन्।
उनी भन्छिन्, "अनुहारको दागले मेरो सपना छेक्न सक्दैन। म निरन्तर मेरो लक्ष्यमा अघि बढिरहेकी छु।"
नयाँ कानुनमा एसिड आक्रमण गर्ने व्यक्तिलाई २० वर्षसम्म जेल हुने उल्लेख भए पनि एकपछि अर्को घटना हुनुमा जनचेतनाको निकै अभाव भएको उनको चिन्ता छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि