पियानो: ९६ वर्षीय कोरियाली यी पियानोवादक सय वर्षसम्म सङ्गीत सुनाउन चाहन्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरियाली पियानोवादक

दक्षिण कोरियाली पियानोवादक जेगल साम ८२ वर्षदेखि पियानो बजाउँदै आएका छन्।

९६ वर्षको उमेरमा पनि अहिलेसम्म उनी राम्रोसँग पियानो बजाउन सक्छन्।

१४ वर्षको उमेरमा पियानो बजाउन शुरू गरेका उनी पियानो बिनाको जीवन सोच्न नसक्ने बताउँछन्।

उनी ५० वर्षसम्म सङ्गीत शिक्षक रहेका थिए।

शिक्षक भएकै कारण उनी कोरियाली युद्धमा जानबाट समेत बचेका थिए।

अवकाश लिएको लामो समय भए पनि उनी अझै हरेक दिन पियानो बजाउने अभ्यास गर्छन्।

अनि यो पनि: