तबलाको तालमा सरिता मिश्र

भिडिओ क्याप्शन सुरु हुँदैछ, सरिता मिश्र

पद्मकन्या क्याम्पसमा विगत २२ वर्षदेखि सङ्गीत विषय पढाइरहेकी सरिता मिश्र व्यावसायिक तबलावादकका रूपमा पनि चिनिन्छिन्।

उनी बाल्यकालदेखि शास्त्रीय सङ्गीत र तबलाको तालमा रमाउन थालेकी हुन्।

अहिलेसम्म चार हजारजति साङ्गीतिक कार्यक्रममा तबला बजाइसकेको बताउने सङ्गीतकी यी गुरुआमा भन्छिन्, "तबला बजाउन बस्दा अलौकिक आनन्द हुन्छ।"