नेपाल संसद् विघटन: कोभिड-१९ को जोखिमलाई ध्यानमा राखेर प्रदर्शन गर्न आग्रह

नेपालमा कोरोनाभाइरस महामारीको डर यथावत् रहेकै बेला संसद् विघटन भएपछि राजनीतिक गतिविधि तीव्र भएको छ।

जनस्वास्थ्यविद्ले नेपालमा पनि कोरोनाभाइरसको नयाँ प्रकार फैलिन सक्ने खतरा पनि औँल्याएका बेला राजनीतिक दलका कार्यक्रमबारे धेरैले चासो व्यक्त गरेका छन्।

"कोरोनाभाइरसको बढ्दो जोखिमलाई ध्यानमा राखेर राजनीतिक दल तथा समूहले आफ्ना कार्यक्रमको व्यवस्थापन गर्नुहुनेछ भन्ने विश्वास छ," गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले भने।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड तथा माधवकुमार नेपाल समूह र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न दलले प्रतिनिधिसभा विघटनविरुद्ध देशभरि प्रदर्शन गर्न थालेका छन्।

निषेधित क्षेत्र तोड्ने वा जनधनको क्षति हुने अवस्थामा प्रदर्शन र विरोध नियन्त्रण गरिने नेपाल प्रहरीको भनाइ छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि