नेपाल संसद् विघटनः विपक्षीद्वारा प्रतिवाद, कुन पार्टीको कस्तो प्रतिक्रिया

विराटनगरमा काङ्ग्रेसको जुलुस

तस्बिर स्रोत, Bikram Niraula

तस्बिरको क्याप्शन, विराटनगरमा काङ्ग्रेसको जुलुस

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले त्यसको चर्को विरोध गरेका छन्।

राजधानी काठमाण्डूसहित देशका विभिन्न भागमा उक्त कदमविरुद्ध जुलुसहरू पनि निस्किएका छन्।

उक्त कदमको विरोधमा विपक्षी मात्र नभइ सत्ताधारी दल निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पनि राजधानी काठमाण्डूमा जुलुस निकालेका थिए।

विपक्षी दलका नेताहरूले सामाजिक सञ्जालमार्फत् पनि संसद् विघटनको विरोध गरेका छन्।

'संवैधानिक व्यवस्था प्रतिकूल'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनलाई 'संवैधानिक व्यवस्था प्रतिकूलको बदनियतपूर्ण निन्दनीय कार्य' भनेको छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

आइतवार बसेको कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकले चार बुँदे निर्णय गर्दै उक्त कदमको विरोध गरेको हो।

कांग्रेसद्वारा जारी प्रेस वक्तव्य अनुसार उक्त बैठकले गरेका निर्णयहरू-

  • यो घटना नेपाल कम्युनिस्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरङ्कुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण निन्दनीय कार्य हो। सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको छ।
  • विगतको निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएर झण्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको छ। कोभिड-१९ को महामारीले जनता सर्वाधिक पीडामा रहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको सरकार जनताका जनजीविका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुँदै आफ्नो पद र शक्तिका लागि सत्ता संघर्षमा केन्द्रित रह्यो। पछिल्ला घटना क्रमले कम्युनिस्ट पार्टी र सरकार देश र जनताको हितमा सत्ता सञ्चालन गर्न अक्षम र जनताप्रति गैर जिम्मेवार र अनुत्तरदायी रहेको प्रष्ट छ। प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरीत कार्यहरूको शृङ्खलाको निरन्तरता हो।
  • नेपाली कांग्रेसको यो बैठक नेपाल कम्युनिस्ट पार्टी र सरकारका कारण उत्पन्न यो असहज परिस्थितिमा नेपाली जनतासामू नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्‍याउन आफ्ना सबै प्रयत्न केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
  • नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसद्‌मा क्रियाशील अन्य राजनीतिक दलहरूसँग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि कार्य गर्नेछ।

विपक्षी दल र नेकपाका वरिष्ठ नेताबीच छलफल

आइतवार नै सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलका साथै नेकपाका वरिष्ठ नेताहरूले अनौपचारिक छलफल गरेको नेताहरूले जनाएका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार उक्त बैठकले 'संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र निरङ्कुश कदम'का रूपमा हेरेको छ।

बैठकमा नेकपाका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको पौडेलले जानकारी दिए।

त्यस्तै जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो र अन्य नेताहरू सहभागी भएको पौडेलले बताए।

उनका अनुसार सोमवार अपराह्न नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।

बैठकमा सहभागी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा बैठकले उक्त कदमविरुद्ध "सबै प्रकारले सङ्घर्ष गर्ने समझदारी गरेको" लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यसअघि उनले एक भिडिओ सन्देश प्रेषित गरेका थिए।

त्यसमा उनले विगतमा राजनीतिक अस्थिरता धेरै भएकाले नयाँ संविधानमा त्यस्तो अस्थिरता निम्त्याउन नदिने प्रावधान राखिएको भन्दै 'त्यसविपरीत प्रधानमन्त्रीले संसद् विघटन गर्नु अत्यन्त दुःखद छ' भनेका छन्।

"दुईतिहाइ बहुमतको नजिक हुँदा पनि गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ। त्यो लोकतन्त्रको हितविपरीत छ।"

यसबाट हिजोको संसद्को सुधारिएको व्यवस्थाको धज्जी उडाएको भन्दै उनले सबैलाई प्रतिवाद गर्न आह्वान गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका एक अध्यक्ष कमल थापाले ट्वीट गर्दै विघटनको निर्णय संविधान विपरीत भएको बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

उनले लेखेका छन्, "प्रतिनिधिसभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत छ। सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद र विग्रहका कारण देश अस्थिरता र अराजकताको भुमरीमा फसेको छ। प्रजातान्त्रिक मूल्य मान्यतालाई गम्भीर क्षति पुर्‍याएको छ।"

"पछिल्लो घटनाक्रमले ६२/६३ पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत रहेको तथ्यलाई थप पुष्टि गरेको छ। परिवर्तित सन्दर्भलाई विगतको त्रुटि, कमजोरी सच्याउने र सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरूप निर्माणको अवसरका रूपमा प्रयोग गर्न सम्बद्ध सबै पक्षमा राप्रपा अपिल गर्दछ।"

विवेकशील साझा पार्टीले पनि संसद् विघटनको सिफारिसको विरोध गरेको छ। उसले भनेको छ, "(यो)घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम हो। यो संविधानमाथिको स्पष्ट 'कू' हो।"

"यो, लोकतन्त्रमा विरलै प्राप्त हुने झन्डै दुईतिहाई जनमतमाथिको निर्लज्ज घात हो र जनताले यसको बदला आउँदा निर्वाचनमा लिनेछन् भन्ने हामीलाई विश्वास छ," उसले भनेको छ।