तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शेफ सन्तोष शाह: 'नेपाली खानाले संसारभरि तहल्का मच्चाउन सक्छ'
खानाका परिकार बनाउने सीपको प्रतिस्पर्धामा आधारित एक टेलिभिजन कार्यक्रम मास्टरशेफ यूकेको प्रतिस्पर्धामा रहेका सिराहा जिल्लाका शेफ सन्तोष शाहले नेपाली खानालाई विश्वभर चिनाउन आफूले प्रतिस्पर्धामा भाग लिएको बताएका छन्।
उनका अनुसार नेपालका विभिन्न भेग, जाति तथा समुदायका खानाबारे आफ्नो प्रारम्भिक अध्ययनले त्यस्ता नेपाली खानाको विश्वबजारमा सफलताको राम्रो सम्भावना देखिन्छ।
तर नेपाली खानालाई नेपालीले नै "अविश्वास र हेलाँ" गरेका कारण ओझेलमा परेको उनको गुनासो छ।
नेपालका खानाबारेमा शेफ शाहसँगको कुराकानीका आधारमा बीबीसी न्यूज नेपालीका कमल परियारले तयार गरेको यो भिडिओ हेर्नुहोस्।