तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भावी पुस्ताले बाघ देख्न पाऊन् भनेर वर्तमान पुस्ताले के गर्नुपर्छ
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोबर पुर्याउने लक्ष्य अनुरूप बाघ पाइने देशहरूले त्यसलाई हासिल गर्न विभिन्न प्रयासहरू गर्दै आएका छन्।
नेपालले पनि त्यो दिशामा संरक्षण लगायतका काम गर्दै आएको छ।
सन् २०२२ सम्ममा नेपालले बाघको सङ्ख्या २५० पुर्याउनुपर्नेछ।
विगत चार वर्षको वृद्धि हेर्दा त्यो लक्ष्य हासिल गर्न नेपाललाई गाह्रो नदेखिएको अधिकारीहरू बताउँछन्।
कतिपय विज्ञले त बाघको सङ्ख्या वृद्धिपछि त्यसको व्यवस्थापनबारे अहिलेदेखि नै तयारी गर्नुपर्ने सुझाउने गरेका छन्।
नेपालका सबैभन्दा बढी बाघको सङ्ख्या चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको तथ्याङ्क छ।
बाघको सङ्ख्या दोबर पुर्याउने लक्ष्य, त्यसका चुनौती र हालसम्म गरिएका प्रयास लगायतका विषयमा हामीले चितवन राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बराल र संरक्षणविद् शिवराज भट्टसँग छलफल गरेका छौँ।
सुन्नुहोस् त्यो छलफल।