तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वन्यजन्तु संरक्षण: नेपालमा किन जाँदैछ अकालमा हात्तीको ज्यान
क्षयरोगका कारण चितवन राष्ट्रिय निकुञ्जमा पालिएका हात्तीको अकालमै ज्यान जाने क्रम बढेपछि चिन्ता व्यक्त भइरहेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले क्षयरोगबाट पीडित हात्तीहरूको उपचार महँगो र झन्झटिलो भए पनि उपचारमा कुनै कसर बाँकी नराख्ने बताएको छ।
पर्यटकका लागि समेत आकर्षण मानिने चितवन राष्ट्रिय निकुञ्जमा गत आइतवार विक्रमप्रसाद नामक वयस्क हात्ती मरेको छ भने केही महिनाअघि दीपेन्द्रगजले पनि अकालमै ज्यान गुमाएको थियो।
निकुञ्जभित्र पालिएका हात्तीमा क्षयरोगको सङ्क्रमण रहेको या नरहेको जाँच गर्न हालसम्म झन्डै ३० वटा हात्तीको नमुना सङ्कलन गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
क्षयरोगी हात्तीको उपचारमा दैनिक सयौँ ट्याब्लेट खुवाउनुपर्ने तथा झन्डै ४०० दिनसम्म औषधोपचार गर्नुपर्ने बताइन्छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।