मङ्गल ग्रहः तीनवटा भूमिगत ताल पत्ता लागेको दाबी, हिउँ पग्लिने तापक्रम छैन तर कसरी बन्यो पानी

मङ्गल

तस्बिर स्रोत, Esa / ATG Medialab / DLR / FU Berlin

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्।

वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।

जीवनका लागि तरल पानी महत्त्वपूर्ण हुन्छ, त्यसैले यो नयाँ जानकारी सौर्यमण्डलमा जीवनको खोजी गर्नेहरूका लागि रोचक हुनेछ।

तर ती तालहरू अत्यधिक नुनिनो भएको अनुमान गरिएकाले कुनै सूक्ष्मजीवलाई जीवित रहन कठिन हुन्छ।

अर्बौँ वर्षअघि मङ्गल ग्रहको सतहमा नदीमार्फत् पानी बग्थ्यो र त्यहाँ तालहरू बनेका थिए।

त्यसपछि मङ्गल ग्रहले आफ्नो तात्कालिक पर्यावरण गुमाएकाले लामो समयसम्म त्यहाँको सतहमा पानी तरल अवस्थामा रहन सक्दैन।

भूमिगत पानीका लागि भने त्यस्तो अवस्था हुँदैन।

मङ्गल

तस्बिर स्रोत, Nature

यसले के सङ्केत गर्छ?

इटलीको न्याश्नल इन्स्टिट्यू अफ एस्ट्रोफिजिक्स बोलोग्नाका डा. रोबेर्टो ओरोसीले भने, "पानीका यी प्रणालीहरू विगतमा थिए भन्ने अधिक सम्भावना देखिन्छ। त्यसले वास्तवमै पूरा ग्रहको इतिहासमा त्यहाँ तपाईंका लागि वासस्थान थियो वा वासस्थानकै समान थियो भन्ने देखाउँछ।"

उनका अनुसार मङ्गल ग्रह जवलायु विनाशबाट गुज्रिँदै गर्दा अधिक तातो ग्रह बन्दै गएको थियो। तर त्यो कति तातो बनेको थियो भन्ने कुरा स्पष्ट छैन।

"त्यहाँ एउटा ठाउँ थियो जहाँ जीवन रहन सक्थ्यो," उनी भन्छन्।

युरोपियन स्पेस एजन्सी (ईएसए) को मार्स एक्स्प्रेस यानमा रहेको रेडार उपकरणले पठाएका विवरणहरू प्रयोग गरेर यो कुरा पत्ता लगाइएको हो।

उक्त यानले सन् २००३ देखि मङ्गल ग्रहको परिक्रमा गरिरहेको छ।

सन् २०१८ मा अध्येताहरूले रेडारले पठाएका विवरणहरू प्रयोग गरेर मङ्गल ग्रहको दक्षिणी ध्रुवका सतहको डेढ किलोमिटरमुनि २० किलोमिटर फराकिला भूमिगत तालहरू रहेको सङ्केत गरेका थिए।

तर त्यो सङ्केत सन् २०१२ देखि २०१५ सम्म मार्सिसले भेला पारेका गरिएका २९ वटा सूचनामा आधारित थियो।

अहिले पनि उक्त टोलीमै सहभागी वैज्ञानिकहरूले सन् २०१० देखि २०१९ सम्मका १३४ वटा रेडार प्रोफाइलको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन्।

इटलीको रोमा ट्रे यूनिभर्सिटीकी वैज्ञानिक एलेन पेट्टिनेली भन्छिन्, "हामीले सन् २०१८ को अध्ययनले देखाएका सम्भावनाहरूको अवस्था, सीमा र बललाई मात्र पुष्टि गरेनौँम थप तीनवटा उज्ज्वल क्षेत्र पनि भेट्यौँ। "

"मुख्य ताल पानीको दहबाट घेरिएको छ, तर रेडारको प्राविधिक विशेषता र मङ्गलको सतहबाट योसम्मको दूरीका कारण हामी यो तिनीहरू आपसमा जोडिएका छन् किन छैनन् भन्ने तय गर्न सक्दैनौँ।"

मङ्गल

तस्बिर स्रोत, ESA/DLR/FU Berlin / Bill Dunford

नयाँ प्रविधि

उक्त समूहले एन्टार्क्टिका, क्यानडा र ग्रीनल्यान्डका हिमतालको अनुसन्धानमा प्रयोग गरिने रेडार साउन्डर प्रविधिका आधारमा मार्सिसले पठाएका विवरणहरूको विश्लेषण गरेको हो।

जुन गहिराइमा तालहरू रहेका छन् त्यहाँ हिउँ पगाल्न सक्ने तापक्रम छैन। त्यसैले त्यहाँ तरल पानी देखिनुमा त्यसमा नुनको उच्च मात्रा हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ। त्यस्ता नुनले पानीलाई सजिलै जम्न दिँदैन।

पछिल्ला अध्ययनहरूले म्याग्नेसीअम र क्याल्सीअम पर्क्लोरेट नुनयुक्त पानी १२३ डिग्री सेल्सीअससम्म तरल अवस्थामा रहन सक्ने देखाएका छन्।

पृथ्वीमा धेरै नुनको मात्रा भएका तालमा नुनको मात्रा ४० प्रतिशतसम्म छ। तर मङ्गलमा कति मात्रामा छ भन्ने ठिक जानकारी छैन।

यो एउटा कठिन प्रश्नका रूपमा रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको भनाइ छ।

मङ्गल

तस्बिर स्रोत, NASA / JPL-Caltech

अध्ययनहरूले के देखाएका छन् भने पृथ्वीमा बढी तापक्रम भएको अवस्थामा नुनको मात्रा बढी भएको स्थलमा पनि सूक्ष्मजीवहरूले सहन सक्छन्। तर तापक्रम कम भएको स्थानमा तिनले नुनको कम मात्रा मात्रै सहन सक्छन्।

तर जब धेरै जाडो र धेरै नुन भएको अवस्थामा उनीहरू जीवित रहने सम्भावना सीमित हुन्छ।

मङ्गलमा भेटिएका जस्ता तालमा सूक्ष्मजीवहरू बाँच्न सक्छन् कि सक्दैनन् भन्ने एउटा अध्ययन भइरहेको छ।

डा. ओरोसी भन्छन्, "नुनको धेरै मात्रा जीवनका लागि उपयुक्त हुँदैन। यद्यपि जीवनको सम्भावना देखिन्छ तर त्यसका लागि धेरै काम गर्नुपर्छ।"

सन् २०१८ को मङ्गल ग्रहसम्बन्धी उक्त शोधको कतिपयले आलोचना पनि गरेका थिए।

उनीहरूले त्यहाँ ताल हुने कुरा असाधारण अवस्था भएको बताउँदै जमिनमुनि ज्वालामुखी भएमा मात्र त्यो हुनसक्ने दाबी गरेका थिए।

उक्त शोध अहिले नेचर एस्ट्रनमी जर्नलमा प्रकाशित भएको छ।