बीबीसी बहस: खेती गर्ने बेला मलको हाहाकार, कृषिमन्त्री भन्छन् "चार महिनामा सब ठीक हुन्छ"
अरू वर्षमा झैँ फेरि एकपटक वर्षदिन धान्ने धानमा मल हाल्नैपर्ने बेला चरम अभाव भएर कृषकहरूको निन्द्रा गायब भएको छ।
कोरोनाभाइरस महामारीका बीच पैदलै हिँडेर मल लिन सहकारी धाउनेहरूको ठेलमठेल लामले संसदमा बलियो बहुमत प्राप्त सरकारको कमजोर व्यवस्थापन छरपष्ट पारिदिएको छ।
कृषि मन्त्री घनश्याम भुसाल भन्छन्, "कोरोनाको भवितव्य पर्यो। मल ल्याउने ठेक्का पाएकाले समयमा ल्याइदिएनन्।"
कृषिविद् यमुना घले भन्छिन्, त्यसरी नल्याउने ठेकेदारलाई कारबाहीको व्यवस्था गर्नुपर्यो।
"देशमै मल कारखाना खोल्नुपर्यो। र रासायनिक मलको विकल्प पनि सँगै खोज्नुपर्यो।"
मन्त्री भुसाल भन्छन्, "लेखेर राख्नुस्, चार महिनामा मल आयात र वितरणको समस्या निमिट्यान्न पार्छु।"
कृषि मन्त्री घनश्याम भुसाल र कृषिविद् यमुना घलेबीचको पूरा बहस हुन्न कृपया माथिको तस्बिरमा रहेको प्ले बटन थिच्नुहोस्।