बीबीसी बहस: औसतमा दिनमा छ वटा पहिरो, त्यसैमा पुरिएर दैनिक तीनको मृत्यु

अडिओ क्याप्शन सुरु हुँदैछ, बीबीसी बहस: औसतमा दिनमा छ वटा पहिरो, त्यसैमा पुरिएर दैनिक तीनको मृत्यु

नेपालमा मनसुन शुरू भएको एक महिनाभन्दा एक हप्ता जति मात्र धेरै भएको छ।

विगतमा भन्दा फरक यसपटक पहिरोको सङ्ख्या अत्यधिक रहेको र त्यसबाट एक महिनामै सय भन्दा बढी मानिसको मृत्यु भएको र पचास भन्दा बढी बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बीबीसी बहसमा भने, "यसपटक पहिरो अचाक्ली गएको छ र जनधनको क्षति अत्यधिक भएको छ।"

विकासका नाममा जथाभावी डोजर चलाउने र सही वातावरण प्रभाव मूल्याङ्कन नगरीकन विकासका काम गरिएकाले अत्यधिक पहिरो गएको बताउने गरिएको छ।

पहिरोमा विद्यावारिधि गरेका त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक भूगर्भशास्त्री डा. प्रेमबहादुर थापा भन्छन्, "पहिरोको जोखिम कम गर्न सकिन्छ। त्यसका लागि नेपालका विभिन्न निकायबीच समन्वय हुनुपर्छ। वैज्ञानिक अध्ययनका आधारमा मात्र बस्ती बसाइनुपर्छ र विकासका काम गरिनुपर्छ।"

मनसुन शुरू भएको एक महिनामै दिनमा ६ वटा भन्दा बढी पहिरो र औसतमा दैनिक तीन जनाको ज्यान जानुको कारण र भइरहेका गतिविधि बारे गृह मन्त्रालयका अधिकारी अनिल पोखरेल र पहिरो विज्ञ त्रिविका सहप्राध्यापक प्रेमबहादुर थापाबीचको बहस माथिको लिङ्कमा क्लिक गरेर सुन्नुहोस्।

अनि यो पनि: