बीबीसी बहस: महामारीमा विद्यालय शिक्षा, शिक्षामन्त्री भन्छन्- 'शिक्षकहरू अब स्कूल जानुपर्छ'

अडिओ क्याप्शन सुरु हुँदैछ, महामारीमा विद्यालय शिक्षा

तीन महिना विद्यालय बन्द भएपछि सरकारले असारदेखि दूर शिक्षा नीति कार्यान्वयनमा ल्याएको छ।

विद्यालय शिक्षाका जानकार शिशिर खनाल भन्छन्, सरकारले दूर शिक्षा नीतिमा परिवर्तन नगरे ठूलो हिस्सा शिक्षाप्राप्तिको अवसरबाट बञ्चित हुनेछ।

उनको भनाइ छ, "नगरपालिकामा त धेरैका घरमा इन्टरनेट जोडिएको छैन गाउँमा त झन् कुरै भएन।"

शिक्षा र विज्ञान तथा वातावरण मन्त्री गिरीराजमणि पोखरेल अब शिक्षकहरू विद्यालय फर्कनुपर्ने बताउँछन्।

तर क्वारन्टीन बनाइएका स्कूल र शिक्षकलाई सङ्क्रमण भए कस्तो व्यवस्था हुनेछ भन्ने निश्चित नभएसम्म शिक्षक विद्यालय जाने स्थिति नरहेको जानकारहरू बताउँछन्।

सरकारले तलब सुविधा दिएर राखेका शिक्षक गाउँ घर पुगेका कलेजका विद्यार्थी र ठूलो कक्षाकाले सानालाई टोलटोलमा पढाउन सक्ने वातावरण बनाउनुपर्ने खनाल बताउँछन्।

अनि यो पनि: