बीबीसी बहस: कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले अहिलेसम्म गरेका काम कति प्रभावकारी
कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले गरेका काम कति प्रभावकारी? भन्ने प्रश्नको जवाफमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, "शुरूमा एउटा पनि परीक्षण नहुने देशमा अहिले दैनिक १२-१३ हजार परीक्षण हुन्छ। यसलाई नजरअन्दाज गर्न मिल्दैन।"
तर स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक भन्छन्, "सरकारको काममा गम्भीर त्रुटि देखिन्छ।"
उनका विचारमा- सीमा व्यवस्थापनदेखि स्वास्थ्य मन्त्रालयका काम कारबाहीसम्म मानव स्रोत व्यवस्थापन कमजोर रह्यो। दोस्रो भौतिक संरचना व्यवस्थापनमा पनि चुक्यो। कोभिड- नन कोभिड अस्पताल छुट्याउने कुरा, परीक्षणका कुरा राम्रो भएन। न पारदर्शी भयो, न सुशासन भयो, न सहभागिता राम्रो भयो। आर्थिक व्यवस्थापन पनि राम्ररी गर्न सकेन।
अनि अब के गरे कोरोनाभाइरस नियन्त्रणमा आउन सक्छ? सर्वसाधारणले के गर्नुपर्छ?
यसबारे स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. सुशील प्याकुरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमबीच गरिएको बीबीसी बहस कृपया माथिको तस्बिरमा प्ले बटन थिचेर सुन्नुहोला।