बीबीसी बहस: कोरोनाभाइरस नियन्त्रणबारे दुई पूर्व स्वास्थ्यमन्त्रीको विचार
मुख्य विपक्षी नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा वा सत्तारुढ नेकपाका नेता तथा अर्का पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी अहिले बहालवाला स्वास्थ्यमन्त्री भएको भए नेपालमा कोरोनाभाइरस महामारी नियन्त्रणका प्रयास कसरी फरक हुन सक्थ्यो भन्नेबारे बीबीसी बहस।
नेकपाका नेता तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी वर्तमान सरकारले महामारी नियन्त्रण गर्न प्रभावकारी काम गरेको ठान्छन्। सरकारकै सक्रियताका कारण कोरोनाभाइरस महामारी नियन्त्रणमा रहेको उनको भनाइ छ।
तर मुख्य विपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापा त्यो स्वीकार गर्दैनन् र उनी अहिलेसम्म नेपाल 'भाग्यमानी' भएको ठान्छन्।
उनी भन्छन्, "म अहिले स्वास्थ्य मन्त्री रहेको भए परीक्षणको दायरा व्यापक बनाउँथे। परीक्षण, परीक्षण र परीक्षणले नै महामारी नियन्त्रण गर्न सघाउँछ।"
कोरोनाभाइरस महामारी नियन्त्रणमा लिने भनेर नेपाल सरकारले चार महिना लकडाउन गरेपछि हाल केही क्षेत्र छोडेर सबैतिर खुला गरिएको छ।
लकडाउन खोलेपछि महामारीको प्रकोप अझ बढ्नेछ भन्ने कतिपयको आकलन छ।
हालसम्म १८ हजार भन्दा बढी कोरोनाभाइरस सङ्क्रमित भएका छन्।
कोरोनाभाइरसकै कारण ४५ जनाले ज्यान गुमाइसकेका छन्।
माथिको अडिओ लिङ्कमा थिचेर यो बहस सुन्नसक्नुहुन्छ।
अनि यो पनि: