कोरोना भाइरस नेपाल: सङक्रमण चुलिने क्रममा गएको हो?
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणमा रहोस् भनेर नेपालमा लकडाउन गरियो।
तर दुई महिनादेखि नेपालीहरू घरभित्र बस्दाबस्दै शहरदेखि गाउँसम्म कोरोनाभाइरसका बिरामीको सङ्ख्या बढ्दै जान थालेको छ।
दुई महिना सारा नेपाल बन्द गरेर सरकारले कोरोनाभाइरस सङक्रमण बढेमा आवश्यक पर्ने तयारी के के गर्यो?
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार भन्छन्, "पहिलो केस देश बाहिर पठाउने स्थितिबाट देशभरका विभिन्न स्थानमा परीक्षण गर्न सक्ने भएका छौँ। कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौँ।"
डा. कार्कीले देशभर क्वारन्टीन बनाएको र आइसोलेशन वार्डहरू बनाएको बताए।
तर सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी डा.कार्कीका भनाइसँग सहमत छैनन्।
डा.सुवेदी भन्छन्, "काठमाण्डूमा १२ ठाउँमा देखिइसक्दा अरू देशमा भए यसलाई गम्भीर रूपमा लिएर काठमाण्डूमा परीक्षण व्यापक बनाइन्थ्यो।"
डा. सुवेदी नेपालमा कोरोनाभाइरस भित्रभित्रै व्यापक भइसकेको ठान्छन् भने डा. कार्की त्यो मान्न तयार छैनन्।
यस विषयमा हामीले सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी र स्वास्थ्यमन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीसँग गरेको छलफल माथिको तस्बिरमा प्ले बटन थिचेर सुन्न सक्नु हुन्छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
