बीबीसी बहसः नेपालमा राजनीतिक नियुक्तिका लागि किन योग्यता हैन, हेरिन्छ निकटता?
यसै साता सरकारले नेपाल लगानी बोर्डमा सुशील भट्टलाई नियुक्त गरेपछि भट्ट र प्रधानमन्त्री केपी ओलीबीचको निकटताका कारण पद पाएको आरोप कैयौँले लगाए।
सरकारले संवैधानिक निकायहरू, राजदूतहरू र विभिन्न सङ्घसंस्थामा गर्ने राजनीतिक नियुक्तिहरू बारम्बार विवादमा पर्दै आएका छन्।
क्षमता र दक्षता भन्दा पनि पार्टी वा नेता निकट व्यक्ति उच्च पदमा आसीन हुने गरेको भन्दै आलोचना हुँदै आएको छ।
वर्तमान सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी होस् या नेपाली कांग्रेस होस् या गठबन्धन सरकार जो पदमा छ उसैको निकटतम व्यक्तिले नियुक्ति पाएका समाचार बारम्बार प्रकाशित हुने गरेका छन्।
त्यस्तो प्रवृत्तिमा सुधार कसरी गर्न सकिन्छ भन्नेबारे स्टाफ कलेजका कार्यकारी निर्देशकको दुई कार्यकाल पूरा गरेपछि हालै अवकाश लिएका पूर्वसचिव पुण्यप्रसाद न्यौपाने र विघटन गरिएको सार्वजनिक संस्थान बोर्डका प्रमुख रहेका पूर्वसचिव विमल वाग्लेबीच यो बहस।
अनि यो पनि