बेलारुस चुनाव: शक्तिमा रहेका पुरुषविरुद्ध लड्न राजनीतिक मतभेद छाडेर महिलाहरू एक

बेलारुसमा तीन भिन्न राजनीतिक पृष्ठभूमिका महिला एकसाथ उभिएका छन्

तस्बिर स्रोत, Viktor Babaryko Media Team

तस्बिरको क्याप्शन, बेलारुसमा तीन भिन्न राजनीतिक पृष्ठभूमिका महिला एकसाथ उभिएका छन्

साझा शत्रुलाई परास्त गर्ने तपाईँले आफ्ना प्रतिस्पर्धीहरूसँग सहकार्य गर्नुहुन्छ? बेलारुसमा २६ वर्षदेखि शासन गरिरहेका र आफ्ना सबैजसो विरोधीलाई जेल हालेका पुरुषविरुद्ध तीनजना महिलाले त्यसै गरेका छन्।

तीन जना महिलासँग भेटौँ जसले चुनावका लागि राजनीतिका सबै कुरा जोखिममा राखेका छन्।

स्भेट्लाना तिखानोभ्स्काया, भेरोनिका सेप्कालो र मारिया कोलेनिस्कोवा अगस्ट ९ मा बेलारुसमा हुन लागेको राष्ट्रपतीय चुनावमा विपक्षी प्रचार अभियानको नेतृत्व गर्न एक ठाउँमा छन्।

उनीहरू सफल भएका सफल भएमा तिखानोभ्स्काया राष्ट्रपति बन्ने छिन्।

आफ्ना पति सर्गेइ तिखानोभ्स्कायालाई राजनीतिमा प्रतिबन्ध लगाएर जेल हालिएपछि उनले उम्मेदवार बन्ने निर्णय गरेकी हुन्।

राष्ट्रपतीय चुनावमा प्रतिबन्ध लगाइएका भ्यालेरीकी श्रीमती सेप्कालो र जेल हालिएका उम्मेदवार भिक्टोर बाबारिकोको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेकी कोलेनिस्कोवासँग उनी सङ्गठित भएकी छन्।

उनीहरूको अभियान? चुनाव जित्नु र एलेक्जेन्डर लुकाशेन्काको विगत २६ वर्षदेखि शक्तिमा रहेको पकड अन्त्य गर्नु।

'श्रीमती, आमा र घरेलु कामकाजी'

"तीन जना महिलाको अग्रसरता बेलारुसको पितृसत्तात्मक राजनीतिमा निकै उल्लेखनीय छ," विश्लेषक याना ल्युशनेसकायाले बीबीसी मोनिटरिङलाई भनिन्।

उनका भनाइमा करिब तीन दशकसम्म शक्तिमा रहेर राष्ट्रपति लुकाशेन्काले बेलारुसमा महिलाको भूमिका श्रीमती, आमा र घरेलु कामकाजीमा सीमित रहेको सन्देश प्रवाह गरेका छन्।

सन् १९९४ को जुलाईमा पहिलो पटक निर्वाचित भएर छैठौँ कार्यकालको निम्ति प्रयास गरिरहेका लुकाशेन्काले हालै बेलारुसका महिलाहरू भोट दिन तयार नरहेको र संविधान महिलाको निम्ति नभएको बताएका थिए।

बेलारुस चुनाव

तस्बिर स्रोत, Getty Images

पछि उनले आफ्नो भनाइको अर्थ महिलाको अपमान गर्नु वा चोट पुर्‍याउने उद्देश्य नरहेको स्पष्ट पारेका थिए।

उनको स्पष्टीकरण थियो, "हाम्रो संविधानको लेखन यसरी गरिएको छ कि पुरुषको निम्ति आफ्नो जिम्मेवारी निर्वाह गर्न निकै गाह्रो छ।"

"त्यो जिम्मेवारी महिलालाई दिँदा उनीहरू त्यो नराम्रो हुने र काम नलाग्ने हुन्छ।"

नयाँ युग?

संयुक्त प्रदर्शन आयोजना गरेर तीन महिलाले बेलारुसमा इतिहास रचेका छन्। ल्युशनेसकायाको भनाइमा तीन महिलाको तस्बिर राष्ट्रपति लुकाशेन्कालाई दिइएको चुनौतीको प्रतीक बनेको छ।

उनीहरूलाई नवआगन्तुकको रूपमा चित्रित गरिन सक्छ तर राजनीति र सार्वजनिक जीवनमा कुनै न कुनै रूपमा उनीहरूको वर्षौँ लामो अनुभव छ।

र्‍यालीमा पहिलो पटक प्रकट हुँदा तिखानोभ्स्कायाको भनाइ थियो, "मेरो श्रीमानले जनतालाई एकताबद्ध गर्नुभयो, त्यसैले हामीले साझा लक्ष्य प्राप्त गर्न एक हुने निर्णय गरेका छौँ।"

बेलारुस चुनाव

तस्बिर स्रोत, Getty Images

सर्गेइ एकजना प्रभावशाली ब्लगर थिए। सामूहिक आन्दोलनको योजना भइरहेको आरोपमा उनलाई राष्ट्रपतिको दौडमा रोक लगाइयो र जेल हालियो।

यदि उनले जितिन् भने उनले ताजा र स्वच्छ निर्वाचन गराउने र राजनीतिक बन्दीहरूलाई रिहा गर्दै सन् १९९४ को संविधान फर्काउने वाचा गरेकी छन्।

उक्त संविधानले राष्ट्रपतिको शक्ति कम गर्छ र पुनर्निवाचित हुने अवधि सीमित गर्छ।

भविष्यको आशा

उम्मेदवार हुन अस्वीकृत गरिएका सेप्कालोकी श्रीमती वेरोनिका पनि त्यसमा सहमत छिन्।

उनका श्रीमान अमेरिकाका निम्ति पूर्वराजदूत हुन्। राष्ट्रपति लुकाशेन्काको निम्ति निकै भरपर्दो चुनौती बन्न सक्ने उनी सहित नौ जनालाई बेलारुसको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको निम्ति अयोग्य घोषणा गरेको थियो।

राजधानी मिन्स्कमा आयोजित र्‍यालीमा सेप्कालोले बेलारुसको जनसङ्ख्या घट्नुको दोष राष्ट्रपतिमाथि लगाइन्।

उनको भनाइ थियो, "हाम्रो युवा जनशक्ति विदेश गइरहेको छ, उनीहरूसहज जीवनयापनको खोजीमा छन् त्यो बाहिर पाउँछन्।"

"त्यहाँ अभिव्यक्ति स्वतन्त्रता छ, राम्रो आम्दानी छ र निकै महत्त्वपूर्ण कुरा त्यहाँ आशा छ, जुन यहाँ छैन… हामी त्यो परिवर्तन गर्न चाहन्छौँ।"

बेलारुस चुनाव

तस्बिर स्रोत, Getty Images

अर्कोतर्फ कोलेनिस्कोवाको अनुभव थोरै फरक छ। उनी राष्ट्रपतिका उम्मेदवार भिक्टोर बाबारिकोकी प्रवक्ता थिइन्।

बेलारुसका प्रसिद्ध ब्याङ्कर उनलाई राष्ट्रपति लुकाशेन्काका सबैभन्दा बलियो प्रतिस्पर्धीको रूपमा हेरिएको थियो।

तर सम्पत्ति विवरण ठीक नबुझाएको आरोपमा उनलाई जेल हालेर उम्मेदवारी अन्त्य गरिएपछि कोलेनिस्कोवाले तिखानोभ्स्कायालाई सघाउने निर्णय गरेकी हुन्।

बेलारुसका निम्ति युरोपेली सङ्घको प्रतिनिधिमण्डले निर्वाचन आयोगको निर्णयलाई 'निर्वाचनको प्रजातान्त्रिक चरित्र र पवित्रतालाई सम्पूर्ण रूपमा अवहेलना गरेको' बताएको छ।

तीन जना महिला फरक स्वतन्त्र पार्टीहरूबाट आए पनि उनीहरूले राजनीतिक सुधार, भ्रष्टाचारविरोधी र अभिव्यक्ति स्वतन्त्रतालाई प्रवर्द्धन गर्ने जस्ता नीतिलाई अघि सारेका छन्।

बेलारुस चुनाव

तस्बिर स्रोत, Getty Images

कडा चुनौती

ल्युशनेसकायाका भनाइमा दशकौँदेखिको चुनावी धाँधलीको आरोपले हुनसक्छ, राजनीतिप्रति रूचि नरहेको भनिने गरेको देशमा तीन जना महिलाको अभियानले उत्साह जगाएको छ।

तर उनले 'उनीहरूको प्रयास विफलता दूर्भाग्यपूर्ण' हुने चिन्ता विपक्षीहरूबीच चिन्ताको विषय रहेको पनि स्वीकार गरिन्।

'देशको इतिहासको अप्रजातन्त्रिक चुनाव र जारी अभियानका क्रममा लुकाशेन्काका विरोधीविरुद्धको हिंसक दबावका कारण' निराशा कुनै आश्चर्य नभएको बताउँदै उनको भनाइ छ।

परिणाम जे आए पनि आममहिला अभियानले पक्कै पनि बेलारुसको राजनीतिमा एकताको दुर्लभ दृष्य देखाइरहेको छ।

त्यसले आलोचकहरूलाई यसपटक राष्ट्रपति लुकाशेन्काको अभियान उनले सोचे जस्तो सहज नभएको भन्न प्रेरित गरिरहेको छ।