तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किसान भन्छन्, 'ऋण तिरिदिने डाक्टरलाई बाँचुन्जेल दूध खुवाउँछु'
सुर्खेतस्थित एकजना गरिब कृषकले आफ्नो ऋण एकजना स्थानीय चिकित्सकले तिरिदिएपछि उनले लगाएको गुन दूध खुवाएर तिर्ने बताएका छन्।
तीनमध्ये दुईवटा भैँसी बेच्दापनि ऋण चुक्ता हुन नसकेपछि कृष्णबहादुर खत्रीले आफ्नो अन्तिम भैँसी पनि बेच्ने अवस्थामा पुगेका थिए।
तर उनको अवस्थाबारे थाहा पाएका प्रदेश अस्पतालका डा. नवराज केसीले उनको दुई लाख ऋण तिरिदिए।
आफ्नो आयआर्जनको मुख्य स्रोत भैँसी बेचिनबाट जोगिएकोले खत्रीले निकै ठूलो राहत भएको बताए।
उनले भने, ‘‘अब भैँसी ब्यायो भने डाक्टरलाई यसैको दूध खुवाएर खुसी पार्ने उपाय गर्छु।’’
हेर्नुहोस् प्रकाश पन्तको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि: