नेपाल मनसुनः रौतहटका बाढीपीडित भन्छन्, ‘हामीलाई सुन्ने कोही छैन’

भिडिओ क्याप्शन सुरु हुँदैछ, रौतहटका बाढीपीडित भन्छन्, ‘हाम्रो सुन्ने कोही छैन’

नेपालभरि अविरल वर्षाका कारण बाढी तथा पहिरोले जनधनको ठूलो क्षति हुनुका साथै थुप्रै स्थानहरू जोखिममा परेका छन्।

स्रोत तथा साधनको अभावबीच उद्धार र राहतमा सक्रियताका साथ जुटेको स्थानीय सरकारका प्रतिनिधिहरूले बताएपनि पीडितहरूले भने विगतमा जस्तै समस्या भोग्नुपरेको गुनासो गरेका छन्।

मनसुन सुरु भएयता झन्डै १०० जनाको मृत्यु भएको र पचास जनाभन्दा बढी मानिस बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि