बीबीसी बहस: नेपाल-सरकारका पछिल्ला भारत लक्षित गतिविधिले समस्या सुल्झाउँछन् कि उल्झाउँछन्

देशमा कोरोनाभाइरस महामारी चलिरहेका बेला सरकारले गरेका तीन गतिविधि भारत लक्षित देखिए।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको राजनीतिक नक्सा जारी गरियो।

नेपाली पुरुषसँग बिहे गरेर आउने भारतीय महिलालाई नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने प्रावधान राख्ने प्रक्रिया अगाडि बढाइयो।

त्यस्तै प्रधानमन्त्री केपी ओलीले ठीक एकसाता अघि आफूलाई प्रधानमन्त्रीबाट हटाउन दिल्ली र काठमाण्डूमा योजना बनाइरहेको भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अहिले उनी समस्यामा परेका छन्।

दुई ठूला मुलुक भारत र चीनबीच रहेको नेपालले किन सन्तुलित कुटनीति अपनाउनुपर्छ?

कतिपयले भने झैँ कुटनीतिमा राजनीति हाबी किन हुनुहुँदैन? अब भारतसँगको सम्बन्ध पुरानै 'अति नजिकको मित्र'का रूपमा रहन्छ कि नयाँ ढङ्गले अघि बढ्छ? जस्ता प्रश्नको सेरोफेरोमा नेकपाका सांसद तथा संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिपकप्रकाश भट्ट र नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायसँग गरिएको बहस सुन्न दिइएको लिङ्कमा क्लिक गर्नुहोस्।

अनि यो पनि: