सलहः किसानहरू भन्छन्, 'भाँडा र ढ्याङ्ग्रो ठटाउँदा पनि भागेनन् अटेरी कीराहरू'

भारत हुँदै नेपाल प्रवेश गरेका सलहका बगालहरूले देशका विभिन्न भागमा बालीनालीमा क्षति पुर्‍याएका छन्।

भाँडा र ढ्याङ्ग्रो ठटाउने, आगो बालेर धुवाँ पुत्ताउने, ठूलो स्वरमा कराउने आदि जे गरे पनि सलह धपाउन नसकिएको किसानहरूले बताएका छन्।

सुरुमा नेपालमा सलह नआउने निष्कर्षमा पुगेका सरकारी अधिकारीले नेपालमा सलहले धेरै क्षति नपुर्‍याउने दाबी गरेका छन्।

सलहले नेपालमा वंशवृद्धि गर्न नसक्ने र नेपाल आएको बगाल सानो आकारको भएको बताउँदै आएका छन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि