इमरान खानः ओसामा बिन लादेनलाई ‘शहीद’ भनेपछि पाकिस्तानी प्रधानमन्त्रीको आलोचना

इमरान खान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्बिर

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतङ्कवादी सङ्गठन अल-कायदाका संस्थापक नेता ओसामा बिन लादेनलाई 'शहीद'को सङ्ज्ञा दिएपछि उनको चर्को आलोचना भएको छ।

बिहीवार संसद्‌मा सम्बोधन गर्दै खानले पाकिस्तानमा आएर अमेरिकी सेनाले बिन लादेनको हत्या गर्नु आफ्ना लागि लज्जास्पद विषय भएको बताएका थिए।

त्यही प्रसङ्गमा उनले बिन लादेनलाई अमेरिकाले शहीद बनाइदिएको टिप्पणी गरेका थिए।

अमेरिकाले सन् २००१ सेप्टेम्बर ११ तारिखमा भएका आतङ्कवादी आक्रमणहरूको योजनाकार बिन लादेनलाई मानेको थियो।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

"म कहिल्यै बिर्सिन सक्दिनँ - पाकिस्तानीहरूका लागि लाजमर्दो घटना भयो। ओसामा बिन लादेनलाई अमेरिकीहरूले एबटाबादमा आएर मारिदिए, शहीद बनाइदिए," खानले भने।

"त्यसपछि पूरै विश्वले हामीलाई गाली गर्‍यो, जथाभावी भन्यो। हाम्रो सहयोगी हाम्रै मुलुकमा आएर कसैलाई मार्दैछ अनि हामीलाई भन्दैन। अनि उसको युद्धमा ७० हजार पाकिस्तानी मरिसके।"

योभन्दा ठूलो अपमान अरू के हुन्छ भन्ने प्रश्न गर्दै उनले अमेरिका र पाकिस्तानको सम्बन्धबारे प्रश्न गरे।

सन् २०११ मा भएको एउटा नाटकीय र गुप्त सैन्य कारबाहीमा अमेरिकाले उनलाई मारिदिएको थियो।

कसले के भने?

खानको सम्बोधनपछि विपक्षी दलहरूले खानको आलोचना गरेका छन्।

पाकिस्तान पीपल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले खानको भनाइ उनको "हिंसक अतिवादलाई खुसी बनाउने विगत" सँग मिलेको भन्दै कटाक्ष गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

सोही दलका सिनेटर मुस्तफा नवाजले खानलाई 'राष्ट्रिय सुरक्षाका लागि खतरा' भन्दै इन्स्टाग्राममा एउटा भिडिओ सार्वजनिक गरेका छन्।

"ओसामा बिन लादेनलाई शहीदको सङ्ज्ञा दिएर इमरान खान राष्ट्रिय सुरक्षा खतरा बनेका छन्। यदि उनी शहीद हुन् भने अल कायदाको आक्रमणहरूमा बलिदान गर्ने सर्वसाधारण र हाम्रा सुरक्षा बलका सदस्यहरू के हुन्?" उनको प्रश्न छ।

विपक्षी सांसद ख्वाजा मोहम्मद आसिफले "पाकिस्तानमा आतङ्कवाद भित्र्याउने" बिन लादेनलाई शहीद भनेकोमा संसद्‍मै आपत्ति प्रकट गरे।

बिन लादेन

तस्बिर स्रोत, Reuters

"उनी आतङ्कवादी थिए अनि प्रधानमन्त्री उनलाई शहीद भन्छन्," पाकिस्तानबाट प्रकाशित हुने अङ्ग्रेजी पत्रिका डनले आसिफलाई उद्धृत गरेको छ।

बिहीवार राति ट्वीट गर्दै प्रधानमन्त्री खानका सहयोगी डा. शहबाज गिलले खानको प्रतिरक्षा गरेका छन्।

प्रधानमन्त्रीले "शहीद बनाएको" बाहेक "मारिएको" शब्द पनि प्रयोग गरेको उनको तर्क छ।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

प्रधानमन्त्रीको टिप्पणीलाई अनवाश्यक रूपमा विवादास्पद बनाउने प्रयास भएको उनले लेखेका छन्।

उनका अनुसार प्रधानमन्त्री खान आतङ्कवादविरुद्ध प्रतिबद्ध छन्।