कोरोना भाइरस नेपाल: त्रासबीच क्वारन्टीनमा साङ्गीतिक कार्यक्रम

क्वारन्टीनमा सकारात्मक भावना बढाउन र उकुसमुकुस भएर बसेका मानिसहरूमा उत्साह थप्न सुर्खेतका दुई साङ्गीतिक समूहले क्वारन्टीनमै संयुक्त रूपमा प्रस्तुति दिएका छन्।

कतिपय क्वारन्टीनको अवस्था दयनीय भएको र मानिसहरूको अवस्था पनि निराशाजनक पाएको बताउँदै उनीहरूले नयाँ अनुभवले ऊर्जा थपेको बताएका छन्।

निश्चित दूरी कायम गरेर आयोजना गरिएको उक्त प्रस्तुति प्राविधिक दृष्टिले कठिन भए पनि क्वारन्टीनमा मानिसहरू रहेसम्म यस्तो कार्यक्रमलाई निरन्तरता दिने 'मोटिभेशनल एन्ड म्यूजिकल थेरापी' नाम दिइएको यस अभियानका आयोजक बताउँछन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि