कोरोना भाइरस नेपाल: लकडाउनले आक्रान्त रमणीय पोखरा
सामान्य अवस्थामा रातभर जागा रहने पोखराको पर्यटकीय केन्द्र, लेकसाइड, कोरोनाभाइरसको महामारीका कारण अहिले सुनसान छ।
विश्व अर्थतन्त्र नै सङ्कटमा पारेको कोरोनाभाइरसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको छ।
नेपालले चैत ११ गतेदेखि लगाएको लकडाउनको अवधिमा पोखराबाट करिब १,००० पर्यटक घर फर्केका छन्।
पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनका अनुसार पोखरामा ४५० बढी होटल र ३०,००० बेड रहेका छन्। तर ती सबै अहिले व्यवसायविहीन बनेका छन्।
यसै त प्राकृतिक सुन्दरताकालागि विख्यात पोखरा लकडाउनका कारण सवारीसाधान र मानिसहरूको भीड नभएपछि वातावरणमा आएको सुधारले गर्दा झन् सुन्दर देखिएको छ।







सबै तस्बिरहरू कृष्णमणि बरालले खिचेका हुन्। सर्वाधिकार सुरक्षित छ।




