बीबीसी बहस: 'सरकारले अब पनि विचार पुर्‍याएन भने जनता या कोभिड-१९ रोगले मर्छन् या भोकले मर्नेछन्'

अडिओ क्याप्शन सुरु हुँदैछ, बजेट बहस

सरकारले ल्याएको बजेट नियतमा खोटो नभएपनि विषयबस्तु कमजोर रहेको अर्थशास्त्रीहरूले बताएका छन्।

बीबीसी नेपाली सेवाको शुक्रवारे बहस कार्यक्रममा अर्थशास्त्री डा.डिल्लीराज खनालले बजेटले सङ्घीयताको मर्म आत्मसाथ नगरेको बताए।

अर्का अर्थशास्त्री डा. पोषराज पाण्डेले बजेटको नियत ठिक भएपनि विषयबस्तु ठिक नभएको बताए।

स्वास्थ्यका विभिन्न सुरक्षा नियमहरू कार्यान्वयन गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा दु्वै अर्थशास्त्रीहरू एकमत थिए।

सरकारले न्यूनतम ज्यालाको एक चौथाइ रकम उपलब्ध गराउने भने पनि त्यो रकम कसका लागि प्रष्ट नभएको र त्यस्तो रकमले परिवार पाल्न अपुग हुने अर्थशास्त्रीद्वयको भनाइ थियो।

नेपालकाो थला पर्न लागेको अर्थतन्त्र चलायमान नबनाए सङ्कट गहिरिने उनीहरूको आकलन छ।

डा. पाण्डेले भने, "सरकारले तत्काल स्वास्थ्य सुरक्षाका नियम कार्यान्वयनमा ल्याउँदै अर्थतन्त्र चलायमान बनाउन शुरू नगरे नागरिकहरू या त कोभिड-१९ ले मर्नेछन् या भोकले मर्नुपर्नेछ।"

अनि यो पनि: