तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथा आरोहण: त्यसपछि सगरमाथा जान इच्छा लागेन
सन् १९५३ मे २९ मा पहिलोपटक न्यूजील्यान्डका सर एडमण्ड हिलारी र नेपाली तेन्जिङ् नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेको शुक्रवार ६७ वर्ष पुगेको छ।
सगरमाथामा थुप्रै नेपाली र विदेशी पुगेपनि लामो समयसम्म कुनै नेपाली महिलाले सगरमाथा शिखरमा टेक्न सकेका थिएनन्।
सन् १९९३ मा नेपाली महिलाहरूको टोली सगरमाथा शिखरमा टेक्न कस्सियो।
त्यो टोलीमा पासाङ ल्हामु शेर्पा र ल्हाक्पा फुटी शेर्पा सहित अन्य नेपाली महिलाहरू थिए।
पासाङ ल्हामु शेर्पा सगरमाथा शिखरमा टेक्ने पहिलो नेपाली बनिन्। तर त्यही दलका अरू महिला सदस्य भने शिखरमा पुगेनन्।
त्यही दलकी सदस्य ल्हाक्पा फुटी शेर्पा त्यसपछि कहिल्यै सगरमाथा चढ्न चाहिनन्।
पासाङ ल्हामु शेर्पाको ओर्लने क्रममा मृत्यु भएको थियो।
ल्हाक्पा फुटी भने घरमा छोराहरूले नजानु भनेका कारण त्यसपछि सगरमाथा चढ्ने इच्छा नगरेको बताउँछिन्।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि: