नासा: स्पेस एक्स प्रक्षेपणको यस्तो छ तयारी, भाडाको यान प्रयोग गरिँदै

अन्तरिक्षयात्रीहरू हर्ली र बेन्कन आफूहरू बसेर उड्ने ड्र्यागनको नाम समेत यसअघिकै परम्परा पछ्याउँदै तय गरेपछि त्यो अझै सार्वजनिक गरिएको छैन

तस्बिर स्रोत, SPACEX

नासाका अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्लीले यो साता हुने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फको यात्राका लागि पूर्वाभ्यास गरेका छन्।

नौ वर्षपछि अमेरिकी भूमिबाट प्रक्षेपण हुने 'स्पेस एक्स फ्याल्कन रकेट' र 'क्रू ड्र्यागन क्याप्स्यूल' जडित मानवसहितको अन्तरिक्षयान एकै चोटि अन्तरिक्षकक्ष पुग्दैछन्।

यो क्यालिफोर्नियास्थित अमेरिकी अन्तरिक्ष कम्पनीबाट अमेरिकी अन्तरिक्ष संस्था नासाले किन्न लागेको नयाँ 'ट्याक्सी' सेवाको प्रदर्शन हुनेछ।

बुधवार स्थानीय समयानुसार साँझको ४:३३ बजे उक्त प्रक्षेपण हुँदैछ।

यद्यपि फ्लोरिडास्थित केनिडी अन्तरिक्ष केन्द्रवरपरको मौसमका कारण त्यसमा केही परिवर्तन हुन सक्छ।

स्पेसएक्स

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, हर्ली र बेन्कन नियन्त्रण कक्षदेखि प्रक्षेपण हुने ठाउँसम्म स्पेससूट लगाएर जाने परम्परालाई निरन्तरता दिए

शनिवार गरिएको पूर्वानुमानअनुसार प्रक्षेपणका बेलाअनुकूल मौसम हुने सम्भावना ४० प्रतिशत देखिएको थियो।

त्यस क्षेत्रमा बाक्लो बादल, वर्षा र चट्याङ पर्न सक्ने प्रबल सम्भावना भएको बताइएको छ।

यदि बुधवार अनुकूल परिस्थिति नभएमा शनिवार दोस्रो प्रयास गरिने जनाइएको छ।

तयार

हर्ली र बेन्कन अहिले अन्तरिक्ष यात्राका लागि तयार भएर बसेका छन्।

सप्ताहान्तमा भएको 'ड्राई ड्रेस' पूर्वतयारीमा उनीहरू स्पेससूट लगाएर टेस्ला कारमा बसी केनिडी केन्द्रको प्रसिद्ध प्रक्षेपण परिसर '३९ए' सम्म पुगेका थिए।

अन्तरिक्ष यात्रीहरू हर्ली र बेहन्कन

तस्बिर स्रोत, NASA

उनीहरूको स्पेस एक्स फ्याल्कन-९ रकेट बिहीवारदेखि त्यहाँ ठडिएको छ।

अन्तरिक्षयात्रीहरू त्यसपछि लिफ्टको सहायताले क्याप्स्यूल अर्थात् उनीहरू बस्न तयार पारिएको ठाउँसम्म पुगेका थिए।

त्यस प्रक्रियामा अन्य सबै सम्बद्ध कर्मचारीहरू पनि सहभागी भएका थिए।

किन खिचियो धेरैको ध्यान?

यस अभियानले अहिले धेरैको ध्यान खिचिएको छ।

सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैँले अन्तरिक्षयात्री पठाएको छैन।

सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैले अन्तरिक्षयात्री पठाएको छैन

तस्बिर स्रोत, NASA

पछिल्ला नौ वर्षमा उसले रुसको 'सोयुज रकेट एन्ड क्याप्स्यूल' प्रणाली प्रयोग गर्ने गरेको थियो।

नासाले स्पेस एक्स र विमान निर्माता कम्पनी बोइङलाई स्पेस शटल्सको विकल्प बन्ने अवसर दिएको थियो।

भाडाको यान

यस पटकको भिन्नता भनेकै नासाले आफ्नो अन्तरिक्षयान नभई अरूको भाडामा लिएर उड्न लागेको हो। यो टिकट किनेर यात्रा गरे जस्तै हो।

स्पेश एक्स र बोइङ दुवैले आफ्ना सेवाहरू अन्य अन्तरिक्ष निकाय, कम्पनी र व्यक्तिहरूलाई समेत विक्री गर्न पाउनेछन्।

हर्ली र बेहन्कन

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, हर्ली र बेन्कन बुधवार क्याप्स्यूलमा पुग्दा त्यो साँच्चिकै अन्तरिक्ष यात्राको लागि हुनेछ

अन्तरिक्षयात्रीहरू हर्ली र बेन्कन आफूहरू बसेर उड्ने ड्र्यागनको नाम पनि यसअघिकै परम्पराअनुरूप दिइएको छ।

उक्त नाम बुधवार नै सार्वजनिक गरिनेछ।

बुधवार स्थानीय समयानुसार साँझ ४:३३ बजे उक्त प्रक्षेपण हुँदैछ, तर मौसमको अनुकुलताले त्यसको अन्तिम टुङ्गो लाग्नेछ

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, बुधवार स्थानीय समयानुसार साँझ ४:३३ बजे उक्त प्रक्षेपण हुँदैछ, तर मौसमको अनुकुलताले त्यसको अन्तिम टुङ्गो लाग्नेछ
सन् २०११ मा द स्पेश सटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैले अन्तरिक्षयात्री पठाएको छैन।

तस्बिर स्रोत, MAXAR

तस्बिरको क्याप्शन, सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिका आफैँले अन्तरिक्षयात्री पठाएको छैन