कोरोना भाइरस: 'फूल नष्ट गर्दै किसानहरू रोएका छन्'

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस: 'फूल नष्ट गर्दै किसानहरू रोएका छन्'

कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन लगाइएको लकडाउनका कारण फूल व्यवसाय नराम्ररी प्रभावित भएको कृषक तथा व्यवसायीले बताएका छन्।

अहिले फूल व्यवसाय ठप्प भएको र किसानले दैनिकजसो लाखौँ रुपैयाँको फूल नष्ट गरिरहेको फ्लोरिकल्चर असोसिएशन नेपालको दाबी छ।

अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार फूलहरू गाईवस्तुलाई खुवाउने, मल बनाउन कुहाउने र नि:शुल्क वितरण गर्ने गरिएको छ।

उनले भने, "दैनिक फूल नष्ट गर्नुपर्दा कृषकहरू फोन गरेर रुन्छन्। त्यो पिडा मैले व्यक्त गर्न सक्दिन।"

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि: