कोरोनाभाइरस लकडाउन: शरीर र मनलाई स्वस्थ राख्न यस्तो योगासनबाट फाइदा हुन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, लकडाउनमा योगको महत्त्व, कसरी गर्ने?

लकडाउनको समयमा बाहिर निक्किन नपाएर धेरै मानिस छटपटिएका छन्।

यो विषम परिस्थितिमा घरमै बसेर शारीरिक व्यायाम तथा योगाभ्यास गरी शरीर र मनलाई स्वस्थ राख्न सकिने विज्ञहरू बताउँछन्।

दैनिक केही समय योगाभ्यास गरे त्यसबाट धेरै फाइदा हुने योगप्रशिक्षक निमा तिवारी बताउँछिन्।

उनका अनुसार 'सूर्य नमस्कार' एउटा सहज योगासन हो जसले लकडाउनको समयमा हाम्रो शारीरिक अवस्था मात्र नभई मानसिक अवस्था पनि स्वस्थ्य राख्न सहयोग गर्छ।

कसरी गरिन्छ त सूर्य नमस्कार? हेर्नुहोस् सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।

अनि यो पनि