तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: अर्थमन्त्री भन्छन्, 'कोभिड-१९ महामारीले अर्थतन्त्रमा झन्डै दुई खर्ब रुपैयाँको नोक्सानी हुन सक्छ'
कोरोनाभाइरसको महामारीले अहिले विश्वभरि नै अर्थतन्त्रमा प्रभाव पारेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले भर्खरै सार्वजनिक गरेको पूर्वानुमानका अनुसार उक्त महामारीले अर्थतन्त्रमा पार्ने प्रभाव सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटभन्दा पनि गहिरो हुनेछ। र यसको प्रभाव चीन र भारतजस्ता उदीयमान अर्थतन्त्रसहित नेपालमा पनि पर्ने निश्चितप्रायः रहेको अर्थ विश्लेषकहरूले बताउँदै आएका छन्।
कोरोनाभाइरस सङ्क्रमणका कारण सुरु हुने भनिएको आर्थिक मन्दीले नेपालको अर्थतन्त्रको निकै महत्त्वपूर्ण पाटो मानिएको विप्रेषण आप्रवाहमा पनि असर पार्ने र त्यसको प्रभाव दूरगामी हुने कतिपयको बुझाइ छ।
कोरोनाभाइरसको सङ्क्रमणले अर्थतन्त्रमा पारेको प्रभाव, नेपालका लागि चुनौती र यसबाट बाहिर निस्किन गरिएको सरकारी पहलबारे अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडासँग साप्ताहिक कार्यक्रम 'नेपाल सन्दर्भ' का लागि संजीव गिरीले गरेको कुराकानी।
अनि यो पनि