कोरोना भाइरस: ट्रम्पले गरेको आलोचनाबिच डब्ल्यूएचओ प्रमुखद्वारा कोभिड-१९ लाई 'राजनीतिकीकरण' नगर्न आग्रह

तस्बिर स्रोत, AFP
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट लगातार दुईदिन आक्रोशयुक्त आलोचनाको सामना गरेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले एकताबद्ध हुन आह्वान गरेका छन्।
बुधवार बोल्दै महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले डब्ल्यूएचओका कामको बचाउ गरेर कोभिड-१९ लाई राजनीतिकरण गर्ने काम अन्त्य हुनुपर्ने बताए।
ट्रम्पले यसअघि उक्त राष्ट्रसङ्घीय निकायलाई पैसा दिन रोक्नेबारे आफूले सोच्ने बताएका थिए।
ट्रम्पले के भने?
डब्ल्यूएचओ 'धेरै चीन-केन्द्रीत' भएको आरोप लगाउँदै ट्रम्पले उनीहरूले महामारीविरूद्ध कामलाई फिका साबित गरिदिएको बताएका थिए।
उनी भन्छन्: "हामी सबै देशको नजिक छौँ र रङ्गको आधारमा कसैलाई विभेद गरेका छैनौँ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
उक्त पत्रकार सम्मेलनमा उपस्थित अमेरिकी विदेशमन्त्री समेतले डब्ल्यूएचओलाई दिने पैसा बारे 'पुर्नमुल्याङ्कन' भइरहेको बताए।
"संस्थाहरूले काम गर्नुपर्छ। आफूले गर्नुपर्ने कामका नतिजा तिनले दिन सक्नुपर्छ," पोम्पेओले भने।

तस्बिर स्रोत, Reuters
ट्रम्पले उक्त सङ्गठनले "आफ्ना सही प्राथमिकता पहिल्याउन सक्नुपर्ने" बताउँदै उसलाई आर्थिक सहायता दिइरहनेबारे एउटा अध्ययन गरेर निर्णय लिइने बताए।
जवाफ
डा. टेड्रोसले भने ट्रम्पका ती भनाइहरू खारेज गरिदिएका छन्।
ट्रम्पलाई जवाफ दिएझैँ देखिनेगरी गेहब्रेयससले भने: "सबैभन्दा शक्तिशालीले अगाडिको बाटो देखाउने हो र कृपया अहिले कोभिड-१९ राजनीतिलाई क्वारन्टीनमा राखौँ।"
ट्रम्पले मङ्गलवार पहिलोपटक डब्ल्यूएचओमाथि प्रहार गरेका थिए।
बुधवारको नियमित पत्रकार सम्मेलनमा समेत उनले आफ्नो उक्त आलोचना दोहोर्याएका हुन्।
चीनसँगको निकटता: 'वास्तवमै आवश्यक'
कोभिड-१९ सबैभन्दा पहिले गत डिसेम्बर महिनामा चीनको वूहान शहरमा देखिएको थियो। त्यहाँ ११ साताको लकडाउन हालै अन्त्य गरिएको छ।
डब्ल्यूएचओका प्रमुख एकजना सल्लाहकारले यसअघि रोगको सुरुवाती चरण बुझ्न चीनसँगको निकट कार्य 'वास्तवमै आवश्यक' रहेको जनाएका थिए।

तस्बिर स्रोत, Getty Images
अमेरिकाले डब्ल्यूएचओको समग्र बजेटमा १५ प्रतिसत योगदान दिनेगरेको उक्त सङ्गठनको विवरणले देखाउँछ।
डब्ल्यूएचओमाथि ट्रम्पको प्रहार भने उनको आफ्नै प्रशासनमाथि महामारीसँग जुझ्ने कामका लागि भइरहेको आलोचनाबिच आएको हो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ









