कोरोनाभाइरस: के गोमूत्रले सङ्क्रमणबाट जोगिन मद्दत गर्छ

तस्बिर स्रोत, Getty Images
- Author, रीयालिटी चेक टीम
- Role, बीबीसी न्यूज
भारतमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण कमै छ। तर यसको सङ्क्रमणबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा भ्रामक जानकारीहरू थुप्रै छन्।
नेपालमा पनि भारतका यस्ता भ्रामक जानकारीहरूले भ्रम छरिरहेको छ।
बीबीसी रियालीटी चेकले त्यस्ता केही प्रमुख भ्रामक जानकारीहरूको तथ्यजाँच गरेको छ।
गोमूत्र र गोबर
भारतमा लामो समयदेखि गोमूत्र र गोबरलाई थुप्रै रोगहरूको परम्परागत उपचार मानिन्छ।
सत्तारूढ भारतीय जनता पार्टी भाजपाकी एक सांसद सुमन हरिप्रियाले गोमूत्र र गोबरलाई कोरोनाभाइरसविरुद्ध प्रयोग गर्न सकिने बताएकी छन्।
उनले भनिन्, "गोबरका धेरै फाइदा छन्। मलाई लाग्छ त्यसले कोरोनाभाइरस मार्न सक्छ। गोमूत्र पनि उपयोगी हुन सक्छ।"
गोमूत्रमा हुन सक्ने ब्याक्टेरिया मार्न सक्ने क्षमताका बारेमा अध्ययनहरू भएका छन्।
र, भारतको राजधानी दिल्लीमा एउटा हिन्दू समूहले बर्सेनि गोमूत्र सेवन मेला आयोजन गर्छ।
तर डा. शैलेन्द्र सक्सेना भन्छन्, "गोमूत्रमा भाइरलविरुद्ध लड्ने क्षमता हुने कुनै वैज्ञानिक प्रमाण छैन।"
"र, गोबर प्रयोग गर्नु हानिकारक हुन सक्छ किनभने त्यसमा कोरोनाभाइरस हुन सक्छ जुन मानिस शरीरमा पुगेर बढ्न सक्छ।"
अल्कोहलरहित स्यानीटाइजर
काउप्याथीले गोबरको साबुनमात्रै होइन, 'स्थानीय गाईबाट प्राप्त गोमूत्रलाई शुद्ध पारिएको' अल्कोहलरहित ह्यान्ड स्यानीटाइजर पनि सन् २०१८ देखि अनलाइनमा बेच्छ।
अहिले स्टकका नभएको भनिएको सो उत्पादनका बारेमा यस्तो लेखिएको छ: "ठूलो मागका कारण हामीले हाम्रा ग्राहकहरूलाई यो उत्पादन प्राप्त गर्न सहज होस् भनेर प्रतिग्राहक किन्न मिल्ने मात्रा सीमित गरेका छौँ।"
यसैबीच, योगगुरु रामदेवले घरमै जडिबुटीबाट स्यानीटाइजर बनाउन भनेका छन्।

उनले गिलोए, बेसार र तुलसीको पातको आयुर्वेदिक मिश्रण खाँदा कोरोनाभाइरसबाट बच्न सहयोग हुने पनि बताएका थिए।
तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकी सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी) ले आधिकारिक स्यानीटाइजर नै प्रयोग गर्नुपर्ने बताएका छन्।
लन्डन स्कुल अफ हाइजीन एन्ड ट्रपीकल मेडीसीनका प्राध्यापक सेली ब्लुमफिल्ड भन्छिन्, घरेलु स्यानीटाइजरहरूले काम गर्दैनन् किनभने भोड्कामा ४० प्रतिशत मात्रै रक्सी हुन्छ।

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्

शाकाहारी जीवनशैली
गत साता हरियाणा राज्यका स्वास्थ्यमन्त्री अनिल भिजले मानिसहरूलाई मासु नखान आग्रह गरे।
उनले ट्वीटमा लेखे: "शाकाहारी बन्नुहोस्। धेरै प्रकारका जनावरका खाएर कोरोनाभाइरसजस्तो मानव सभ्यतालाई नै खतरा सिर्जना गर्ने भाइरसहरू बनाउनुहोस्।"
एक राष्ट्रवादी हिन्दू समूहले कोरोनाभाइरस मांशाहारीलाई सजाय दिन आएको दाबी गर्यो।

तर भारतमा अण्डा र कुखुराको विक्री घटेपछि भारतीय सरकारद्वारा सञ्चालित तथ्यजाँच सेवाले त्यो दाबी गलत भएको बतायो।
र, एक भारतीय मन्त्री गिरीराज सिंहले भने: "माछा, कुखुरा र अण्डा खाएर कोरोनाभाइरस फैलिने होइन। यी प्रोटिनका महत्त्वपूर्ण स्रोत हुन्। यसर्थ कुनै डर नमानी खानुहोस्।"
कोरोनाभाइरसप्रतिरोधी डस्ना
कोरोनाभाइरसको विश्वव्यापी महामारीले केही व्यवसायलाई आफ्नो उत्पादन कोरोनाभाइरसप्रतिरोधी भन्दै बेच्न प्रेरित गरेको छ।
उदाहरणका लागि भारु १५,००० पर्ने एउटा डस्ना भाइरसप्रतिरोधी भएको भनी विज्ञापन गरिएको छ।
अरिहान्त म्याट्रेसेसका प्रबन्ध निर्देशक अमर पारेखले बीबीसीलाई भने: "हाम्रो म्याट्रेसमा धूलो र पानी छिर्दैन त्यसैले केही पनि छिर्दैन।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त

तर त्यो विज्ञापन अहिले हटाइएको छ।
उनले भने: "हामी कसैलाई पनि हानि होस् भन्ने चाहदैनौँ।"










