कोरोनाभाइरस: चीनबाट नेपाल फर्कन पाउँदाको खुशी

चीन

तस्बिर स्रोत, RSS

चीनको कोरोनाभाइरस प्रभावित प्रान्तबाट नेपाल फर्किएका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन्।

शनिवार हुबेको राजधानी वुहानबाट नेपाल वायुसेवा निगमको चाटर्ड विमानले आइतवार सबेरै १७५ नेपालीहरूलाई काठमाण्डू ल्याएको हो।

बिहान ३:३८ मा त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानमा १७५ जना नेपाली रहेका थिए जसमा १७० जना विद्यार्थी, एकजना त्यहाँ रोजगार गरिरहेका व्यक्ति, दुईजना पर्यटक एवम् दुई बालबालिका रहेको बताइएको छ।

उद्धार गरिएका विद्यार्थी सौरभ लुइटेलले ट्विटरमा लेखेका छन्: "यस्तो भयावह अवस्थामा घर फर्कन पाउनुको खुसी व्याख्या गर्न सकिँदैन।"

उद्दार हुनेमा १३४ जना पुरूष र ४१ जना महिलाहरू रहेको नेपाली अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

'खुसीको क्षण'

नेपाल फर्केका अशोक शाहले ट्विटरमा राखेको एउटा भिडियोमा विमानभित्र सबैले ताली पिटेर खुसीयाली मनाएको देखिन्छ।

घर फर्कन पाउँदाको परिवेश देखाउन खोजिएको उक्त भिडिओसँगै शाहले लेखेका छन्: "अन्धकारबीचको खुसी, शून्यताबाट खुसीतर्फ।"

चीन

तस्बिर स्रोत, RSS

नेपाल फर्कनका लागि सुरुमा १८५ जनाले निवेदन दिएका भएपनि चार जनाले अन्तिम अवस्थामा उतै बस्ने निर्णय गरेका थिए।

चार जनालाई भने उड्ने बेलामा ज्वरो देखिएका कारण रोकिएको बताइएको छ। उनीहरूलाई उतै परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ।

थप दुईजना उनीहरूकै आफन्त भएकाले उनीहरू समेत नेपाल नफर्किएको जनाइएको छ।

दुई हप्ते क्वारन्टीन बास

आइतवार बिहान उनीहरूलाई बसमा राखेर विमानस्थलबाट सिधै क्वारन्टीनस्थल पुर्‍याइएको थियो।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई आधार मानेर उद्धार गरिएकाहरूसँग काम गर्ने मानिसहरूले पालना गर्नुपर्ने नियमको प्रारूप समेत तयार पारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन्।

चीन

तस्बिर स्रोत, RSS

काठमाण्डू विमानस्थलमा समेत उनीहरूको स्वास्थ्य जाँच गरिएको थियो।

हुबेका छवटा विभिन्न सहरहरूबाट बेइजिङस्थित नेपाली दूतावासको पहलमा राजधानी वुहानमा भेला पारेर उनीहरूलाई नेपाल ल्याइएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

चीनबाट ल्याइएका नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका चार भवनमा क्वारन्टीनमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए।

श्रेष्ठले भने: "आइतबार दश बजेबाट उनीहरूको खरिपाटीमा थप स्वास्थ्य परीक्षण हुँदैछ।"