तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आत्महत्याको सोच आयो भने यसरी बच्न सकिन्छ
संसारमा कतै न कतै हरेक ४० सेकन्डमा कसैले आत्महत्या गर्ने गर्छन्।
झण्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओले जनाएको छ।
प्रहरीको तथ्याङ्कले नेपालमा आर्थिक वर्ष २०७३/७४ मा पाँच हजारको हाराहारीमा आत्महत्या भएको थियो भने गत आर्थिक वर्षमा त्यो सङ्ख्या बढेर पाँच हजार ७८५ पुग्यो। अर्थात् नेपालमा दैनिक सरदर १६ जनाले आत्महत्या गर्छन्।
विश्वव्यापी रूपमा नै जनस्वास्थ समस्या बनिरहेको आत्महत्याको प्रारम्भिक लक्षण भनेको दुखी रहने, सकारात्मक सोच नरहने र डिप्रेसनमा जाने भएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक डा. सरोजप्रसाद ओझा बताउँछन्।
तर आत्महत्याबाट बच्न धेरै उपाहरू छन्, हेर्नुस् उनीसँगको कुराकानीमा आधारित सृजना श्रेष्ठले बनाएको एक भिडिओ रिपोर्ट।
अनि यो पनि: