नेपाल भ्रमण वर्ष: किन छानियो लोककथामा प्रचलित रहस्यमय यती

नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका किंवदन्तीमा आधारित हिममानव यतीलाई प्रतीकका रूपमा प्रयोग गरिएको छ।

नेपाल भ्रमण वर्षको सचिवालयअन्तर्गत गठित यती आर्ट कमिटीले यतीको मूर्ति बनाउने जिम्मा पाएको छ। झन्डै सात फूट अग्ला दर्जनौँ मस्टक कलाकारहरूले बनाइरहेका छन्, विभिन्न सार्वजनिक स्थानमा त केही मूर्तिहरू राखिसकिएको छ।

नेपाल तथा दक्षिण एशियाका अन्य देशका हिमाली भेगमा यतीबारे लोककथा सुन्न पाइन्छ। तर यतीको अस्तित्व प्रमाणित गर्ने कुनै प्रमाण भने भेटिएको छैन।

यती आर्ट कमिटीका संयोजक प्रेमप्रभात गुरुङका अनुसार उक्त जीवलाई डरलाग्दो जीवको रूपमा प्रस्तुत गर्नुभन्दा पनि यतीको घर नेपालका हिमालय हुन् भनेर संसारभरि चिनाउने उद्देश्य राखेर मूर्ति बनाइएको हो।

तर यतीबारे अध्ययन गरेका विज्ञहरू नेपाल भ्रमण वर्षको प्रतीकमा देखाइएको यतीको स्वरूपप्रति असन्तुष्ट छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि