तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ड्रोन दृश्यः आकाशमा ड्रोनबाट विभिन्न दृश्य उत्पन्न गरेर उत्सव मनाउने चिनियाँ काइदा
नयाँ वर्ष सन् २०२० लाई स्वागत गर्न चीनको एक शहर साङ्घाइमा २,००० वटा ड्रोन उडाएर रमाइलो दृश्य प्रदर्शन गरिएको भन्ने समाचार सम्पूर्ण रूपमा सत्य नभएको पाइएको छ।
यो दृश्य विश्वका अनेकौँ समाचार संस्थाले छापेका वा प्रसारण गरेका थिए।
तर नयाँ वर्षको पूर्सन्ध्यामा उक्त स्थानमा रहेका मानिसहरूले आफूहरूले त्यस्तो दृश्य नदेखेको बताएका छन्।
त्यो दृश्य प्रदर्शन गरेको कम्पनीले बीबीसीलाई उक्त फूटेज डिसेम्बर २८ मा गरिएको अभ्यासको दृश्य थियो भन्ने पुष्टि गरेको छ।
उक्त फूटेज चिनियाँ सरकारी मिडियाले विश्व सञ्चारमाध्यमका लागि उपलब्ध गराएको थियो।
दृश्यमा २,००० वटा ड्रोनले साङ्घाइको पुडोङ जिल्लामा आतिशबाजीको आकार, मान्छे दौडिएको र सन् २०२० देखाइएका दृश्य बनाएका थिए।
बीबीसीले उक्त दृश्य प्रदर्शन गरेको कम्पनीसँग सम्पर्क गरेको थियो। उक्त कम्पनीका सञ्चार व्यवस्थापक यीहाङ बैलुले उक्त दृश्य २८ डिसेम्बरमा रेकर्ड गरिएको स्वीकारे।
उनले भने, "त्यो दृश्य स्थानीय टेलीभिजन स्टेशन शाङ्घाइ ड्रयागनका लागि गरिएको थियो।"
स्थानीय अधिकारीहरूले उनीहरूका औपचारिक समाजिक सञ्जालमा ३० डिसेम्बरका दिन राखेको सन्देशमा "यो वर्ष कुनै पनि नयाँ वर्ष उत्सव गतिविधि नहुने" भनिएको बीबीसीले पाएको छ।
स्थानीय अङ्ग्रेजी समाचार साइट द साङ्घाइस्टले पुडोङमा नयाँ वर्षको पूर्व सन्ध्यामा रहेका मानिसहरूले "त्यस्तो कुनै पनि दृष्य नदेखेको बताएको" छापेको थियो।
"यो त अति भयो, यो चिनियाँ शतप्रतिशत झूटो समाचारको उदाहरण हो." प्याट्रिक क्रक्स नामका एक व्यक्तिले ट्विटरमा लेखेका छन्।
ड्रोनहरू आतिशबाजीको तुलनामा वातावरणमैत्री र वन्यजन्तुमैत्री साधन बन्लान् भन्ने सोचिएको छ।
ड्रोनले आतिशबाजी विस्थापित गर्ला भन्ने कोणबाट चर्चा भइरहेको छ।
नेपालमा पनि १३ औँ दक्षिण एशियाली खेलकुद उद्घाटन तथा समापन समारोहमा चिनियाँ कम्पनीको सहयोगमा आकाशमा ड्रोन दृश्य देखाइएको थियो।
अनि यो पनि: