तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पूर्वबालसैनिक भन्छन्, 'हामीले गणतन्त्र प्रचण्डका लागि ल्याएछौँ'
नेपालमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वका बेला माओवादीले प्रयोग गरेका बालसैनिकहरूले विगतमा भएका सहमतिको राज्य तथा तत्कालीन विद्रोही पक्षले बेवास्ता गरेको आरोप लगाउने गरेका छन्।
संयुक्त राष्ट्रसङ्घले अयोग्य ठहर गरेका ४,००० भन्दा बढी तत्कालीन माओवादी लडाकुमध्ये २,९७३ जना उमेर नपुगेका कारण बहिर्गमनमा परेका थिए।
शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकारबाट वञ्चित हुँदै हतियार बोकेका ती बालसैनिकहरू अहिले आफूहरू आफ्नै नेतृत्वबाट उपेक्षित भएको गुनासो गर्छन्।
उनीहरू बाल्यकाल अब फर्केर नआउने भएकाले आफूहरूले राज्यबाट सहयोग पाउनुपर्ने बताउँछन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि