महिलाको भेषमा छमछमी नाच्छन् यी पुरुषहरू

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'हामी पुरुष भएर पनि महिलाको पोसाक किन लगाउँछौँ?'

भारतको पन्जाब राज्यमा पुरुषहरूको यो समूहले एउटा परम्परागत नृत्य गर्ने गरेको छ।

प्राय: महिलाहरूले मात्र गर्ने गिद्दा प्रदर्शन गर्न यी पुरुषहरू महिलाको भेष धारण गर्छन्।

गिद्दा पन्जाबमा प्रचलित लोकनृत्य हो। विभिन्न चाडबाडका बेला महिलाहरूले गिद्दा नाच्ने गर्छन्।

लहैलहैमा साथीको बिहेमा महिलाको पोसाक लगाएर नाच्न सुरु गरेका यी पुरुषहरू अहिले ननाचेसम्म आत्मसन्तु्ष्टि नहुने अवस्था आएको बताउँछन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि