तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सुरुङमार्ग: विज्ञ भन्छन्, 'स्थानीय जनशक्ति र अध्ययन नभए बालुवामा पानी हाले जस्तै'
यातायात पारवहनको लागि महत्त्वपूर्ण हुने ठानिएको नागढुङ्गा-नौबिसे सुरुङमार्गको सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे।
जापान सरकारको १६.६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ५.५३ अर्ब रुपैयाँ लगानी हुने यो सुरुङमार्ग २.६८ किलोमिटर लामो रहने बताइएको छ।
प्रभावकारी र चुस्त सडक सञ्जालले देशको अर्थतन्त्रलाई ठूलो योगदान दिन सक्ने भएकाले सुरुङमार्गमा जानुको विकल्प नरहेको विज्ञहरूले बताउने गरेका छन्।
तर महँगो लागत, अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको आवश्यकतासँगै नेपालको भूगर्भलाई पनि सुरुङमार्ग निर्माणमा चुनौतीका रूपमा हेर्ने गरिएको छ।
यो निर्माणाधीन सुरुङमार्गबाहेक अन्य साना-ठूला मार्ग तथा यातायात प्रयोजनका लागि एक दर्जनभन्दा बढी सुरुङ बनाउन अध्ययन भइरहेको सरकारी पक्षको भनाइ छ।
जलविद्युत् परियोजनाका निर्माणमा त्यसैगरी सयौँ किलोमिटर सुरुङको सम्भाव्यता र आवश्यकता देखिन्छ।
यसै विषयमा चट्टान एवं सुरुङविज्ञ तथा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (एनटीएनयू) का प्राध्यापक कृष्णकान्त पन्थीसँग नेपालमा सुरुङमार्गको आवश्यकता र चुनौतीबारे प्रदीप बस्यालले गरेको कुराकानी सुन्नुहोस्।