तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दशैँ: 'चङ्गालाई आकाश छ, जमिन छैन'
पछिल्ला केही वर्षयता काठमाण्डू उपत्यका लगायतका प्रमुख शहरका आकाशमा निकै कम चङ्गा उडेको देखिन्छ।
बढ्दो तथा अव्यवस्थित शहरीकरण र खुल्ला ठाउँको अभावका कारण चङ्गा उडाउने प्रचलनमा कमी आएको एकजना चङ्गावाज निर्मलमान तुलाधरको भनाइ छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चङ्गा उडाउने प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गरेका उनले चङ्गाको परम्परा जोगाउन प्रविधिको प्रयोग गर्न समेत पछि पर्न नहुने सुझाएका छन्।
नेपाली युवा पुस्ताको इन्टर्नेट, भिडिओ गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले गर्दा चङ्गा उडाउने परम्परा लोप हुँदै गएको कतिपयको बुझाइ छ।
तर चङ्गा व्यापारीले भने चङ्गाको बिक्रीमा भने कमी नआएको बताएका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि