चीनमा यात्रुवाहक बस लरीसँग ठोकिँदा कम्तीमा ३६ जनाको मृत्यु

उत्तरी चीनमा एउटा यात्रुवाहक बस विपरीत दिशाबाट आइरहेको लरीसँग ठोकिँदा ३६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्।
उक्त बसमा ६९ जना मानिस सवार थिए।
बाटोमा गुडिरहँदा पाङ्ग्राको हावा खुस्किएपछि उक्त बसको दिशा मोडिएको हुन सक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन्।
त्यसपछि उक्त बस एउटा लरीमा गएर ठोकिएको थियो। लरीमा तीन जना सवार थिए।
चीनमा ट्राफिक नियम उल्लङ्घन गरिने हुँदा घातक दुर्घटनाहरू भइरहन्छन्।
उक्त दुर्घटनामा अरू ३६ जना मानिस घाइते भएका छन्। तीमध्ये नौ घाइतेहरू गम्भीर अवस्थामा भएको अधिकारीहरू आइतवार बताएका छन्।

दुर्घटनास्थलमा तत्काल उद्धारकर्ताहरूलाई पठाइएको थियो।
सन् २०१५ मा चीनभरि कुल ५८ हजार मानिसले दुर्घटनामा ज्यान गुमाएका थिए।
त्यस वर्ष झन्डै ९० प्रतिशत घातक दुर्घटनाहरू ट्राफिक नियम उल्लङ्घन गरेकाले भएको समाचारसंस्था एएफपीले जनाएको छ।

यो पनि पढ्नुहोस्








