तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालका ब्याङ्कमा दोहोरिइरहेका ह्याकर हमला
ब्याङ्कहरूले प्रयोग गर्ने सूचना-प्रविधि प्रणालीमा अनधिकृत रूपले प्रवेश गरेर तथा त्यस्ता प्रणालीको ह्याक गरेर एक महिनाभित्रै दुईपटक करोडौँ रूपैयाँ रकम चोरी भयो।
केही वर्षयता मात्र सूचना-प्रविधिमा आधारित सेवाहरू प्रयोग गर्न थालेका लाखौँ प्रयोगकर्ता र ब्याङ्कहरूलाई समेत झस्काइदिने यी घटनापश्चात् धेरैले नेपाली ब्याङ्कहरूले चलाउँदै आएका यस्ता प्रणालीको सुरक्षामाथि प्रश्न उठाएका छन्।
यस्ता आक्रमणहरूका श्रृङ्खला दोहोरिइरहँदा कतै नेपाल ह्याकरहरूको मुख्य निशानामा त परेको हैन? भन्ने संशय पनि उत्पन्न भइरहेको छ।
यसै विषयमा 'बीबीसी बहस' कार्यक्रममा नेपाल राष्ट्र ब्याङ्कका भुक्तानी प्रणाली हेर्ने कार्यकारी निर्देशक बमबहादुर मिश्र र साइबर सुरक्षाका एकजना जानकार सरोज लामिछानेबीचको कुराकानी सुन्नुहोस्।