मालश्री धुन बजाउने पाटनकी पूर्वकुमारी

भिडिओ क्याप्शन सुरु हुँदैछ, मालश्री धुन बजाउने देवी

पाटनकी पूर्वकुमारी समिता बज्राचार्य अन्य कुमारीभन्दा फरक छिन्।

उनी आठ वर्षको उमेरमा कुमारी भएकी थिइन् र ११ वर्षमा घर फर्किइन्। कुमारी रहेकै बेला उनले सङ्गीत सिक्ने मौका पाइन्।

उनी सरोद बजाउन पोख्त छिन् र सुमधुर मालश्री धुन बजाउँछिन्।

मालश्री सङ्गीतशास्त्रका अनुसार रागिनीको एक प्रकार हो जुन रागमा दसैँमा बिहानबेलुकी गाइने दुर्गादेवीको स्तुति भएको गीत रहेको छ।

सत्र वर्षीया बज्राचार्यले कलेजको कार्यक्रमहरूमा समेत सरोद बजाउने गर्छिन्।

हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि: