जीवित देवी कुमारी साधारण जीवनमा फर्केपछि मानिसको व्यवहारले अचम्भित

भिडिओ क्याप्शन सुरु हुँदैछ, देवीले भोगेको दुनिया

केटा र केटीबीच भेदभाव हुँदोरहेछ भनेर काठमाण्डू, वसन्तपुरमा जीवित देवी कुमारी रहेकी प्रीति शाक्यलाई साधारण जीवनमा फर्केपछि मात्रै थाहा भयो।

उनी भन्छिन्: "एकदमै दु:ख लाग्यो।"

शाक्य चार वर्षको उमेरमा कुमारी चुनिइन् र ११ वर्षको उमेरमा आफ्नो घर फर्किइन्।

अहिले २२ वर्षकी उनलाई 'मानिसको जीवन' बानी परिसकेको छ।

आठ दिनसम्म चल्ने इन्द्रजात्राका बेला कुमारीलाई रथमा राखेर काठमाण्डूका पुराना बस्तीहरूमा तीन दिन परिक्रमा गराइन्छ।

उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।

अनि यो पनि: