तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तान युद्ध: ज्यान गुमाउने मानिस को हुन्
सेप्टेम्बर २००१ मा आफ्नो देशमा आतङ्कवादी आक्रमणहरू भएपछि अमेरिकाले अल-कायदालाई संरक्षण दिएको भन्दै अफगानिस्तानमा धावा बोल्यो।
त्यति बेलादेखि नै अफगानिस्तानमा युद्ध भइरहेको छ।
त्यहाँ द्वन्द्वमा उच्च मानवीय क्षति हुने गरेको छ। बीबीसीले गत अगस्ट महिनामा अफगानिस्तानमा भएका हिंसात्मक घटनाको नालीबेली केलाएको छ।
प्रत्येक दिन ७४ जनाको दरले सो महिनामा कुल २,३०७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
मृत्यु हुनेमा अधिकांश तालिबान लडाकु र सरकारी सुरक्षाकर्मी रहेका छन्। तथ्याङ्कले तालिबान पक्षमा ठूलो क्षति पुगेको देखाउँछ।
ज्यान गुमाउनेमध्ये सर्वसाधारण नागरिकको सङ्ख्या पाँच भागको एक भाग छ।
तालिबान र अफगान सरकार दुवैले बीबीसीको तथ्याङ्कको वैधानिकतामाथि प्रश्न गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि