जोन बोल्टन: डोनल्ड ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार 'पदमुक्त'

जोन बोल्टन

तस्बिर स्रोत, EPA

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन्।

उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन्।

बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन्।

उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए।

सन् २०१८ मा उक्त पदमा नियुक्त बोल्टन ट्रम्पका तेस्रा सुरक्षा सल्लाहकार थिए।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

बोल्टनले के भने?

ट्रम्पले ट्वीट गरेलगत्तै बोल्टन ट्विटरमै यस वियषमा आफ्नो मत राखेका थिए। उनले आफूले राजीनामा बुझाएपछि 'ट्रम्पले त्यसबारे भोलि कुरा गरौँ' भनेको बताएका छन्।

घटना सार्वजनिक भएपछि बोल्टनले टेलिभिजनको प्रत्यक्ष प्रसारणमा रहेका फक्स न्यूजका एक प्रस्तोतालाई एसएमएस सन्देश पठाउँदै आफूले पदबाट राजीनामा दिएको बताएका थिए।

जोन बोल्टन

तस्बिर स्रोत, Getty Images

उनले वाशिङ्टन पोस्टका संवाददाता रोबर्ट कोस्टालाई पनि एसएमएस पठाएका थिए। त्यसमा बोल्टनले उचित समयमा आफ्नो भनाइ राख्ने र आफ्नो प्रमुख चासो अमेरिकाको राष्ट्रिय सुरक्षा रहेको बताएका थिए।

ह्वाइटहाउसले बीबीसीलाई बताएअनुसार चार्ल्स कुपरम्यानले कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्ने छन्। उनी बोल्टनका सहायकका रूपमा कार्यरत थिए।

सूत्रहरुका अनुसार राष्ट्रपतिलाई सल्लाह दिने राष्ट्रिय सुरक्षा परिषद् ह्वाइटहाउसभित्र एउटा छुट्टै संस्था बनेको थियो। बोल्टन बैठकहरूमा सहभागी हुँदैनथे। उनी आफ्नै शैलीमा काम गर्थे।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

उनको आफ्नै कुरा मात्र लागु हुनुपर्छ भन्ने किसिमको अडानले ट्रम्पसहित राष्ट्रपति कार्यालयका धेरैलाई क्रुद्ध बनाएको थियो।

विमति कसरी सुरु भयो?

परराष्ट्रनीतिका विज्ञ बोल्टन ट्रम्पले इरानविरुद्ध अपनाएको कडा रवैयाका प्रमुख योजनाकार थिए।

ट्रम्पले तेहरानका नेताहरूसँग छलफल गर्न चाहेको भन्ने विषयको बोल्टनले विरोध जनाएका थिए।

अमेरिकाका पूर्व राष्ट्रिय सल्लाहकारले उत्तर कोरिया, रुस र अफगानिस्तानसँग पनि अमेरिका कडा रूपमा प्रस्तुत हुनुपर्ने पहल गर्दै आएका थिए।

बोल्टनका कारण गत फेब्रुअरीमा उत्तर कोरियासँग परमाणु निरस्त्रीकरणसम्बन्धी शिखर वार्ता सफल हुन नसकेको अमेरिकी अधिकारीहरू बताउँछन्।

उनले तालिबानसँग अमेरिकाले गरेको शान्तिवार्ताको समेत विरोध गरेका थिए जुन हालसालै मात्र ट्रम्पले रद्द गरेका छन्।