तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्यारो बिरालो मरेपछि चीनमा अर्को उस्तै बिरालो यसरी जन्माइयो
चिनियाँ व्यवसायी हुयाङ यु आफ्नो प्रिय बिरालो 'गार्लिक' मरेपछि असाध्यै दु:खी भए।
तर उनलाई एउटा विचार फुर्यो।
किन क्लोन गरेर उस्तै बिरालो बनाउने प्रयत्न नगर्ने?
कुनै एउटा कोषबाट डीएनए निकालेर नयाँ जीव वा बिरुवा पैदा गर्ने विधि क्लोनिङको यस्तो प्रयोग बेइजिङमा भएको हो।
त्यहाँको एक बायोटेक कम्पनीले त्यसो गरिदिएपछि हुयाङ यु अहिले अति प्रसन्न भएका छन्।
तर घर पालुवा जनावरको क्लोनिङ विवादास्पद विषय हो।